छाताको बढ्दो प्रयोगले परम्परागत ओढो ‘घुम’ विस्थापित
gorkhapatraonline.com · Fri Jun 26 04:57:32 GMT 2026

छाताको बढ्दो प्रयोगसँगै रौतहट जिल्लाका पहाडिया समुदायले घाम र पानीबाट जोगिन प्रयोग गर्ने परम्परागत ओढो ‘घुम’ विस्थापित भएको छ ।
केही दशकअघिसम्म गाउँघरमा वर्षायाम लाग्नासाथ मेलापात, खेतबारी र हाटबजार जाने मानिसहरूले टाउकोदेखि शरीर ढाकिने गरी बाँसको चोया र भोर्लाको पातबाट बनाइएका परम्परागत ‘घुम’ ओढ्ने चलन थियो । घुमले वर्षा र घामबाट जोगाउने मात्र नभई ग्रामीण जीवनको मौलिक पहिचान पनि बोकेको थियो । तर आधुनिक छाताको बढ्दो प्रयोगसँगै घुम ओढ्ने चलन अहिले हराइसकेको छ ।
Read full story at source (gorkhapatraonline.com)