‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सचिवहरुलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
kendrabindu.com · Wed Aug 19 05:14:34 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट मुलुकलाई बाहिर निकाल्न समयबद्ध भएर प्रभावकारी ढंगले काम गर्न सचिवहरूलाई निर्देश गरेको छ ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा मंगलबार बसेको सचिव बैठकमा ‘ग्रे लिस्ट’बाट निस्किन भइरहेका प्रयासको समीक्षा गरिएको थियो । एफएटीएफको ‘ग्रे लिस्ट’बाट बाहिरिन सरकारले कार्ययोजना बनाएको छ । सबै मन्त्रालय तथा निकायले उक्त कार्ययोजनाको प्रभावकारी र समयबद्ध कार्यान्वयन गर्ने सचिव बैठकले निर्णय गरेको छ ।
Read full story at source (kendrabindu.com)