अधिक तरलताको असरः ६ महिनाका लागि ३५ अर्ब निक्षेप तान्दै केन्द्रीय बैंक
corporatenepal.com · Wed Aug 19 05:07:40 GMT 2026

काठमाडौं । बैंकहरूमा अधिक तरलता कायमै भएपछि नेपाल राष्ट्र बैंकले बुधबार (आज) बैंक तथा वित्तीय संस्थाहरूबाट ३५ अर्ब निक्षेप तान्ने भएको छ । केन्द्रीय बैंकले ६ महिना अर्थात् १८० दिनका लागि निक्षेप तान्ने भएको हो । त्यसका लागि आज मध्यान्ह ३ बजे बोलकबोल हुँदैछन् ।
यसमा वाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
Read full story at source (corporatenepal.com)