ग्यास लिन उज्यालो नहुँदै लाइनमा [तस्बिरहरू]
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
बागलुङ । प्रशासनले आपूर्ति सहज भएको दाबी गरे पनि बागलुङका उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास पाउन सकेका छैनन् । मंगलबार मात्रै बागलुङ बजारमा एक हजार ७५ वटा ग्यास आएको छ । उक्त ग्यास १६ वटा डिलरले वितरण गरेका छन् । ग्यास डिलरमा उपभोक्ताको भिड बढेपछि प्रहरीसमेत खटाइएको थियो ।
बजारका विभिन्न ठाउँमा ग्यास लिन उपभोक्ता लाइन लागेको देखिन्थ्यो । मंगलबार बिहान ३ बजेदेखि नै उपभोक्ता लाइन लाग्न थालेका थिए । एक सिलिण्डर ग्यास पाउन तीन घण्टासम्म लाइन बस्नु परेको उपभोक्ताको गुनासो छ ।
Read full story at source (hamrakura.com)