सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?
himalpress.com · Wed Aug 19 05:36:50 GMT 2026

काठमाडौँ- नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार २ हजार ७ सय रुपैयाँले घटेर ३ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १६० रुपैयाँले घटेको छ। मंगलबार ४ हजार ७ सय ५५ रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Read full story at source (himalpress.com)