कोलकाता होटलमा आगलागी, नौको मृत्यु
barnanmedia.com · Wed Aug 19 05:35:01 GMT 2026

भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । मिर्जा गालिब स्ट्रिटस्थित होटलमा बिहान करिब २ बजे आगलागी भएको अग्निशमन विभागका अधिकारीहरूले बताएका छन् ।
आगलागीमा मृत्यु हुनेहरू बङ्गलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । उनीहरू उपचारका लागि कोलकाता आएका बताइएको छ । आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन । घटनापछि उद्धार तथा राहत टोली परिचालन गरिएको छ र आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
Read full story at source (barnanmedia.com)