महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
ratopati.com · Wed Aug 19 05:43:16 GMT 2026

कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ । महाकाली नदीको बाढीबाट बर्सेनि नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा हुँदै आएको क्षति न्यूनीकरणका गर्न तटबन्ध निर्माण गरिएको हो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले रु ११ करोड ६५ लाख रकम खर्च गरेर उक्त तटबन्ध निर्माण गरेको हो ।
आयोजना प्रमुख रञ्जनराज भट्टराईले दोधारा चाँदनी नगरपालिकास्थित महाकाली नदीमा ५०७ मिटर र जोगबुढा नदीमा २५५ मिटर भीमदत्तस्थित दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रमा ४५८ मिटर आरसिसी तटबन्ध निर्माण गरिएको जानकारी दिए ।
Read full story at source (ratopati.com)