भ्यूज गणनामा नयाँ पोलिसी ल्याउँदैछ युट्यूब, अब घट्ला कि बढ्ला युट्यूबरको कमाई ?
ratopati.com · Wed Aug 19 05:43:03 GMT 2026

काठमाडौं । गुगलको भिडियो प्लेटफर्म युट्युबले आफ्नो नियममा एउटा परिवर्तन गर्दैछ । कम्पनीले अगस्ट २४ मा नयाँ नियम लागू गर्दैछ यसले भ्यू गणना नियम फेरिनेछ । यो नियम लागू भएपछि भिडियो प्ले हुने बित्तिकै तुरुन्तै भ्यू पनि भ्यूजमा गनिनेछ । पहिलो फ्रेम वा सेकेन्डदेखि नै भ्यू गणना हुनेछ ।
पहिले लामो फारम्याटका भिडियोहरूमा कम्तिमा ३०–सेकेन्डको भ्यू हुनुपथ्र्यो । यति भएपछि मात्रै यसलाई भ्यूजमा गनिन्थ्यो । यो नियम अब सबै ढाँचाहरूमा लागू हुनेछ । पहिले, यस्तो भ्यू गणना नियम युट्यूब शर्ट्सका लागि मात्र लागू गरिएको थियो । अब युट्यूबले सबै ढाँचामा भ्यू गणना नियम परिवर्तन गर्दैछ ।
Read full story at source (ratopati.com)