नेपाललाई खैरोसूचीबाट निकाल्ने कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सचिवस्तरीय बैठकको निर्णय
clickmandu.com · Wed Aug 19 05:50:57 GMT 2026

काठमाडौं । नेपाललाई सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित अन्तर्राष्ट्रिय निगरानीको ‘खैरोसूची’बाट बाहिर निकाल्न सरकारले विशेष कार्ययोजनासहितको तयारीलाई तीव्रता दिने भएको छ । मुख्य सचिव गोबिन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले औंल्याएका सुधारका क्षेत्रहरूलाई सम्बोधन गर्दै कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
वैठकले सार्वजनिक खर्चको प्रभावकारिता, डिजिटल कार्यप्रवाह र जवाफदेहितालाई उच्च प्राथमिकता दिएको छ । विशेषगरी वित्तीय सुशासन कायम गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि सुधार्न ‘ग्रे-लिस्ट’ बाट बाहिरिने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको हो ।
Read full story at source (clickmandu.com)