सिमराबाट हराएकी तीन वर्षीय बालिकाको शव शंकास्पद अवस्थामा हिजो फेला
barnanmedia.com · Wed Aug 19 05:46:02 GMT 2026

बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१, सिमराबाट आइतबारदेखि हराइरहेकी तीन वर्षीय बालिकाको शव हुलास स्टिलको पछाडि रहेको एक घरभित्र शंकास्पद अवस्थामा फेला परेको छ।
स्थानीयका अनुसार घरभित्रबाट दुर्गन्ध आउन थालेपछि खोजी गर्दा बालिकाको शव फेला परेको हो। घटनाबारे तत्काल प्रहरीलाई खबर गरी प्रहरी टोलीलाई बोलाइएको थियो। शव अत्यधिक सडेको अवस्थामा फेला परेको जनाइएको छ।
Read full story at source (barnanmedia.com)