त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ जना विदेशी पक्राउ
kendrabindu.com · Wed Aug 19 06:10:23 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी मात्रामा उच्च स्तरको थाई गाँजा सहित आठ जना विदेशी नागरिक पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई ३९.२८८ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको हो।
विदेशबाट हवाई मार्ग भई नेपालतर्फ हुने लागू औषध तस्करीको प्रोफाइलिङ गर्ने क्रममा भदौ २ गते अर्थात् मंगलबार राति शंकास्पद यात्रुहरूलाई जाँच गर्दा उनीहरूको लगेजबाट सो परिमाणको थाई गाँजा बरामद भएको ब्यूरोले जनाएको छ।
Read full story at source (kendrabindu.com)