नेताको कमेडी गर्दा ‘धम्की आएको’ अमरेन्द्रको भनाइ, सूर्य थापा भन्छन्- ‘म रोस्ट सामना गर्न सक्ने मान्छे’
onlinekhabar.com · Wed Aug 19 06:06:22 GMT 2026

काठमाडौं । कमेडियन अमरेन्द्र यादवले टिभी शो ‘कमेडी बाज’ मा व्यंग्य प्रस्तुति दिँदा आफूलाई मार्ने धम्की र गाली आएको बताएका छन् । सामाजिक सञ्जालबाट उनले कमेडीलाई कमेडीको रुपमा बुझ्न र व्यक्तिगत गालीगलौजमा नउत्रन आग्रह गरेका छन् ।
मंगलबार युट्युबमा आएको शोको १५ औं एपिसोडमा एमाले नेता सूर्य थापा र अर्का नेता मुकुल ढकाल गेस्ट बनेर पुगेका थिए । उक्त शोमा यादवले केपी ओलीसहितका एमाले नेताहरूलाई व्यंग्य गरेका थिए ।
Read full story at source (onlinekhabar.com)