भेनेजुएलाको आधा तेल अमेरिका निर्यात
reportersnepal.com · Wed Aug 19 06:20:28 GMT 2026

कारकास । भेनेजुएलाले आफ्नो तेल उत्पादनको झन्डै आधा अमेरिका निर्यात गरिरहेको जनाइएको छ । भेनेुएलाबाट अमेरिकामा दैनिक १२ लाख ५० हजार ब्यारेल तेल गइरहेको अमेरिकी ऊर्जामन्त्री काइल हास्टवेटले मंगलबार ह्युस्टनमा आयोजित एक कार्यक्रममा जानकारी दिएका हुन् ।
तेल कच्चा तेल प्रशोधनका लागि भनेर बनाइएका रिफाइनरीमा गइरहेको पनि उनले बताए । भेनेजुएलासँग विश्वको सबैभन्दा ठूलो प्रमाणित तेल भन्डार छ । भेनेजुएलासँग ३०३ अर्ब ब्यारेल कच्चा तेल भएको र यो विश्वमा प्रमाणित कुल तेलको १७ प्रतिशत भएको अमेरिकी ऊर्जा सूचना प्रशासनले जनाएको छ ।
Read full story at source (reportersnepal.com)