लेनिन पिकको शिखरमा नेपाली झण्डा, १३ शेर्पाले गरे सफल आरोहण
kalakarmi.com · Wed Aug 19 06:02:31 GMT 2026
काठमाडौं- नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ । यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन् ।
हिमालयन र्याम्बलरका अनुसार आरोहणमा सहभागी १३ जना शेर्पाले विभिन्न आरोहण टोलीलाई शिखरसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनीहरूको नेतृत्वमा करिब ३० जना आरोहीले लेनिन पिकको शिखर सफलतापूर्वक पुग्न सकेको कम्पनीले जनाएको छ । यस अभियानमा हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पासाङ गेल्जे शेर्पा स्वयं पनि सहभागी थिए । उनले यसपटक एकपटक लेनिन पिकको शिखर आरोहण गरेका छन् ।
Read full story at source (kalakarmi.com)