प्याट्रिक भिएरा सेनेगलको मुख्य प्रशिक्षक
baahrakhari.com · Wed Aug 19 06:34:01 GMT 2026
काठमाडौं । सेनेगल फुटबल संघले फ्रान्सका प्याट्रिक भिएरालाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । भिएराले पापे थियावको स्थान लिनेछन् । थियावले गत महिना सम्पन्न फिफा विश्वकपको अन्तिम–३२ बाटै बाहिरिएपछि जिम्मेवारी छाडेका थिए ।
भिएरा करिब नौ महिनापछि प्रशिक्षणमा फर्किन लागेका हुन् । उनले गत नोभेम्बरमा इटालियन क्बल जिनोआ छाडेका थिए ।
Read full story at source (baahrakhari.com)