सरकारको कामकारबाहीबारे जानकारी लिन रविले बोलाए रास्वपाका सांसद र मन्त्री
kendrabindu.com · Wed Aug 19 06:38:08 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा सहभागी मन्त्री र सांसदसँग छलफल गरेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार भएको छलफलमा सरकारको कामकारबाहीबारे उठेका प्रश्न र पार्टीको भूमिकाबारे चर्चा भएको हो।
पछिल्लो समय रास्वपाकै सांसदहरूले सरकारको कामकारबाहीप्रति सार्वजनिक रूपमा आलोचना गर्न थालेपछि लामिछानेले छलफल डाकेका हुन् । तर उक्त छलफलमा संसददिय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह भने उपस्थित छैनन् । संसद्मा पार्टीका सांसद कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत उनले निर्देशन दिने तयारी गरेका छन् ।
Read full story at source (kendrabindu.com)