अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
reportersnepal.com · Wed Aug 19 06:41:37 GMT 2026

सियोल, ३ भदौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पुनः संवादमा ल्याउने प्रयास अघि बढाएपछि दक्षिण कोरिया र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा चार दिनअघि नै अन्त्य गर्ने भएका छन् ।
दुवै देशका अधिकारीहरूले बुधबार अभ्यासको अवधि र केही संयुक्त क्षेत्रीय प्रशिक्षण घटाउने सहमति भएको बताएका छन् । यस कदमले ट्रम्प–किम सम्भावित संवादको बाटो खोल्न सक्ने भए पनि दशकौँ पुरानो अमेरिका–दक्षिण कोरिया सुरक्षा गठबन्धनको सैन्य तयारी कमजोर हुने चिन्ता बढाएको छ ।
Read full story at source (reportersnepal.com)