चन्द्रमाको सतहमा स्पेसएक्सको रकेट ठोकिँदा बन्यो नयाँ खाडल, यस्तो देखियो तस्बिर
techpana.com · Wed Aug 19 07:07:50 GMT 2026

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाको ‘लुनार रेकोनेसेन्स अर्बिटर’ (एलआरओ) अन्तरिक्ष यानले चन्द्रमाको सतहमा फाल्कन-९ रकेटको माथिल्लो भाग ठोकिएर बनेको नयाँ खडल (क्रेटर) को तस्बिर कैद गरेको छ । ५ अगस्ट २०२६ मा रकेट ठोक्किएपछि बनेको क्रेटरको तस्बिर एलआरओमा जडान गरिएको ‘न्यारो-एङ्गल क्यामेरा’मार्फत ११ र १२ अगस्टको बीचमा खिचिएको नासाले जनाएको छ ।
नासाले जारी गरेको प्रतिवेदन अनुसार सो क्रेटर करिब ६० फिट (१८ मिटर) चौडा र १० फिटभन्दा कम गहिरो छ । “एलआरओले खिचेका तस्बिरको अध्ययनबाट क्रेटरको नाप र संरचनाबारे नयाँ विवरण प्राप्त भएको छ,” नासाको सूचनामा भनिएको छ । नासालाई प्राप्त विवरण अनुसार उक्त क्रेटर चन्द्रमाको १९.४७५९° उत्तर अक्षांश र २६६.७१३८° पूर्व देशान्तर तथा ५११ मिटरको उचाइमा अवस्थित रहेको छ ।
Read full story at source (techpana.com)