बर्खास्त गरिएका युक्रेनी रक्षामन्त्रीले गरे राष्ट्रपति निर्वाचनको आह्वान
ratopati.com · Wed Aug 19 07:16:25 GMT 2026

किभ । युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले राष्ट्रपति चयनका लागि निर्वाचन गराउन आह्वान गरेका छन् । उनको यो मागलाई रूसको पूर्णस्तरीय आक्रमण सुरु भएको साढे चार वर्षपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लागि अहिलेसम्मकै ठुलो राजनीतिक चुनौतीका रूपमा हेरिएको छ ।
३५ वर्षीय फेडोरोभले मंगलबार युट्युबमा सार्वजनिक गरेको भिडियोमा रुसले युक्रेनको लोकतन्त्रलाई बन्धक बनाउन नसक्ने बताएका छन् । युक्रेन स्वतन्त्र युरोपेली राष्ट्रका रूपमा रहनकै लागि युद्ध लडिरहेको पनि उनले उल्लेख गरेका छन् । रुसले २०२२ मा पूर्णस्तरीय आक्रमण सुरु गरेयता युक्रेनमा मार्शल ल लागू छ । यही कारण त्यहाँ निर्वाचन स्थगित गरिएको छ ।
Read full story at source (ratopati.com)