सत्यवतीमा गाईपालक किसानलाई प्रोत्साहन, प्रतिगाई १० हजार रुपैयाँ
bishowkhabar.com · Wed Aug 19 07:23:40 GMT 2026

काठमाडौं– सत्यवती गाउँपालिकाले गाउँपालिकाभित्र गाईपालन गर्दै आएका किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले गाईपालन व्यवसायको प्रवर्द्धन तथा संरक्षणसँगै किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न प्रतिगाई १० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको हो।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत पशुपन्छी विकास कार्यक्रमअन्तर्गत पहिलोपटक गाई ब्याएका किसानलाई उक्त प्रोत्साहन रकम प्रदान गरिनेछ। यसका लागि २०८३ साउन १ गतेदेखि २०८४ असार १५ गतेभित्र किसानको फार्म वा घरमा पालेको गाईले पहिलोपटक बाच्छी जन्माएको हुनुपर्नेछ।
Read full story at source (bishowkhabar.com)