मेडिकल काउन्सिल हाँक्ने जिम्मेवारी डा. ढुन्डिराज पौडेललाई
kendrabindu.com · Wed Aug 19 07:30:12 GMT 2026

काठमाडौं । वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार उनलाई काउन्सिलको अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।
डा. पौडेल स्वास्थ्य सेवा, सरकारी अस्पतालको व्यवस्थापन तथा चिकित्सा शिक्षाका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका चिकित्सक हुन्। यसअघि उनले भरतपुर अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए ।
Read full story at source (kendrabindu.com)