छ वर्षदेखि रोक्का जग्गा, न मुआब्जा न फुकुवाः रेलमार्ग प्रभावित जग्गाधनीको गुनासो
bishowkhabar.com · Wed Aug 19 07:42:32 GMT 2026

काठमाडौं– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा झापा, मोरङ र सुनसरीका हजारौँ जग्गाधनी समस्यामा परेका छन्। सरकारले रेलमार्ग निर्माणका लागि भन्दै वर्षौँदेखि जग्गा रोक्का राखे पनि हालसम्म मुआब्जा नदिएको र जग्गा फुकुवासमेत नगरेको भन्दै प्रभावित जग्गाधनीले तत्काल समस्या समाधान गर्न माग गरेका छन्।
सरकारले झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्म १२६ दशमलव ७५ किलोमिटर विद्युतीय रेलमार्ग निर्माण गर्ने योजनाअन्तर्गत जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको थियो। त्यसका लागि सरकारले २०७७ जेठ २४ र २७ गते सूचना जारी गर्दै मालपोत कार्यालयमार्फत सम्बन्धित जग्गाको हक हस्तान्तरण रोक्का गरेको थियो।
Read full story at source (bishowkhabar.com)