गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा
ajakoartha.com · Wed Aug 19 07:40:00 GMT 2026

काठमाडौं- ग्लोकल प्रा.लि.ले आज गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ को शीर्ष ६ फाइनलिस्टहरूको नाम सार्वजनिक गरेको छ। नेपालमा उत्कृष्ट किशोरकिशोरीहरूलाई सम्मान गर्ने एकमात्र राष्ट्रिय मञ्च ग्लोकल टिन हिरोमा यस वर्ष सातै प्रदेशका किशोरकिशोरीहरूबाट ७९१ आवेदन परेको थियो।
सबभन्दा बढी आवेदन बागमती प्रदेशबाट (२६.२७%) परेको थियो भने कोशी प्रदेश (२०.३४%) र मधेश प्रदेश (१९.४९%) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। कुल आवेदकमध्ये ६६.९५% पुरुष र ३३.०५% महिला थिए, जसले युवा सशक्तीकरण र नेतृत्व, शिक्षा तथा सीप विकास, वातावरण तथा जलवायु कार्य, सामुदायिक विकास, प्रविधि तथा नवप्रवर्तन, लैंगिक समानता, स्वास्थ्य र नागरिक सहभागिता जस्ता क्षेत्रहरूमा आवेदन दिएका थिए।
Read full story at source (ajakoartha.com)