भदौ १५ सम्म म्याक्सस ई-टेरेनमा छुट, ४४ वटा बुकिङ
kendrabindu.com · Wed Aug 19 07:57:32 GMT 2026

काठमाडौंँ । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटोरक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ। बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम संस्करण रहेका छन्।
कम्पनीले तीन साताअघि सार्वजनिक गरेको ई–टेरेन कम्फर्टको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो। नाइमा अटो शोका क्रममा यसमा २ लाख रुपैयाँ छुट दिइएको थियो। त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्य रहेको प्रिमियम संस्करणमा ५ लाख रुपैयाँ छुटको व्यवस्था गरिएको थियो।
Read full story at source (kendrabindu.com)