पाँच इन्टरनेट कम्पनीको लाइसेन्स थप ५ वर्ष नवीकरण, डिजिटल पूर्वाधारमा लगानीको बाटो खुल्यो
aarthiknews.com

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र थप पाँच वर्षका लागि नवीकरण गरेको छ। अनुमतिपत्र नवीकरण भएपछि ती कम्पनीलाई सेवा विस्तारसँगै नेटवर्क तथा डिजिटल पूर्वाधारमा थप लगानी गर्ने बाटो खुलेको छ।
प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २५ तथा दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनका लागि पाँच कम्पनीको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको हो।
Read full story at source (aarthiknews.com)