टाटा कार्निभलको चौथो संस्करण भदौ ४ गतेदेखि, पुरानो गाडी दिएर नयाँ ईभी किन्न सकिने
kendrabindu.com · Wed Aug 19 08:53:36 GMT 2026

काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भदौ ४ गतेदेखि ७ गतेसम्म टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। कार्निभलमा ग्राहकले आफ्नो पुरानो जुनसुकै ब्रान्डको गाडी दिएर टाटाका नयाँ पन्च ईभी र टियागो ईभी खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा प्रयोग गरी नयाँ गाडी खरिद गर्न सकिनेछ। योजनाअन्तर्गत ग्राहकले पुरानो गाडीको उत्कृष्ट मूल्याङ्कनसँगै आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र होम चार्जिङ जडानजस्ता सुविधा पाउनेछन्।
Read full story at source (kendrabindu.com)