एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ। एनसेलले आज भाद्र २, मङ्गलवारबाट लागु हुने गरी १९८ गन्तव्य मुलुकहरूका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात् बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ । कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृति बमोजिम ६० सेकेन्डको नयाँ पल्स दरमा लागु गरेको हो।
दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयअनुसार स्वीकृति प्रदान गरेको हो।
Read full story at source (hamrakura.com)