विष्णु पौडेलसम्बन्धी रिटमा सर्वोच्चमा सुनुवाइ सम्पन्न, आदेशको प्रतीक्षा
barnanmedia.com · Wed Jul 01 03:01:05 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भर्खरै सकिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ सम्पन्न भएको हो। सुनुवाइ सकिएकाले आजै आदेश दिने तयारी भइरहेको छ । यसअघि असार ११ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विष्णु पौडेललाई पक्राउ गर्नुको कारण देखाऊ आदेश मात्र भएको थियो । यता विशेष अदालतले हिजो मात्र फेरि ३ दिन थुनामा राख्न म्याद थपेको छ ।
सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान अघि बढाएको हो। सुरुमा अदालतले सात दिनको म्याद दिएको थियो। हाल पौडेल सानेपास्थित प्रहरी हिरासतमा छन्।
Read full story at source (barnanmedia.com)