किशोरकिशोरीलाई सामाजिक सञ्जालको लत लगाएको आरोपमा मेटामाथि मुद्दा सुरु
clickmandu.com · Wed Aug 19 09:28:54 GMT 2026

एजेन्सी । अमेरिकाका २९ राज्यहरूले दायर गरेको मुद्दामा मंगलबारदेखि सुनुवाइ सुरु भएसँगै मेटा आफ्नो आन्तरिक अनुसन्धान लुकाएको आरोपमा छानबिनको घेरामा परेको छ । त्यस अनुसन्धानले किशोरकिशोरीहरू यसका प्लेटफर्महरूको लतमा परिरहेको देखाएको थियो ।
महान्यायाधिवक्ताहरूको प्रतिनिधित्व गर्ने वकिलहरूले बालबालिकाको स्वास्थ्य र हितको रक्षा गर्नु साझा जिम्मेवारी भए तापनि ‘मेटाले आफ्नो भूमिका पूरा नगरेको’ तर्क गरे । क्यालिफोर्नियाकी उप–महान्यायाधिवक्ता मेगन ओ’निलले जुरी सदस्यहरूलाई मेटाले सामाजिक सञ्जालको लतसम्बन्धी अनुसन्धानलाई कसरी लुकाउने प्रयास गर्यो भन्ने बारे आन्तरिक कागजातहरू देख्ने र साक्षीहरूको बयान सुन्ने बताइन् ।
Read full story at source (clickmandu.com)