भेरी नदीमा दुई जनाको शव भेटियो
ratopati.com · Wed Aug 19 09:39:22 GMT 2026

सुर्खेत। भेरी नदीमा दुई जनाको शव भेटिएको छ । यद्यपि शवको पहिचान भने हुन सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुसार अन्दाजी २५/३० वर्षको पुरुष व्यक्तिको शव गएराति बराहताल गाउँपालिका–४, तरङ्गास्थित भेरीको घुमाउमा फेला परेको थियो।
सोही ठाउँमा एक महिलाको शव भेटिएको बोहोराले बताए। महिलाको शवको मुचुल्का तयार भएको छैन। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि बुधबार १२ बजेतिर इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोली शव भेटिएको स्थानतर्फ लागेको छ।
Read full story at source (ratopati.com)