जिवीमा ‘चेकआउट बाई फोनपे’ सेवा, ग्राहकलाई २० प्रतिशतसम्म क्यासब्याक
bishowkhabar.com · Wed Aug 19 09:39:26 GMT 2026

काठमाडौं– फोनपेले जिवीसँग साझेदारी गर्दै ‘चेकआउट बाई फोनपे’ सेवा जिवीमा एकीकृत गरेको छ । योसँगै जिवीबाट अनलाइन सामान खरिद गर्ने ग्राहकले भुक्तानी प्रक्रिया थप छिटो, सरल र सहज रूपमा पूरा गर्न सक्ने भएका छन् ।
एकीकरणपछि जिवीमा सामान खरिद गर्ने क्रममा ग्राहकले ‘चेकआउट बाई फोनपे’ विकल्प छनोट गरी सहभागी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न सक्नेछन् । यसले सामान छनोटदेखि भुक्तानीसम्मको सम्पूर्ण प्रक्रियालाई सहज बनाउने कम्पनीले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)