भारतमा एसियाकै सबभन्दा झुर सेयर बजार भएको बैंक अफ अमेरिकाको सर्वेक्षणको निष्कर्ष
clickmandu.com · Wed Aug 19 09:44:59 GMT 2026

एजेन्सी । बैंक अफ अमेरिका कर्पोरेसनले कोष प्रबन्धकहरूमाझ गरेको एउटा सर्वेक्षण अनुसार, भारतले इन्डोनेसियालाई विस्थापित गर्दै एसियाको सबैभन्दा कम मन पर्ने सेयर बजार बनेको छ । यसले यस वर्ष विश्वकै खराब प्रदर्शन गर्ने बजारमध्ये एक रहेको भारतीय बजारप्रति लगानीकर्ताहरूमा बढ्दो सावधानी रहेको संकेत गर्छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) सँगको स्पष्ट सम्बन्ध वा पहुँचको अभाव भारतीय सेयर बजारका लागि मुख्य चिन्ताको विषय बनेको छ भने कमजोर आर्थिक वृद्धिलाई अर्को सबैभन्दा महत्त्वपूर्ण जोखिमका रूपमा हेरिएको छ । सर्वेक्षणका अनुसार, ३२ प्रतिशत उत्तरदाताहरू भारतमा नेट अन्डरवेट (निर्धारित मापदण्डभन्दा कम लगानी गर्ने अवस्था) मा थिए ।
Read full story at source (clickmandu.com)