चेल्सीबाट म्यानचेस्टर सिटी पुगे एन्जो फर्नान्डेज
setopati.com · Tue Sep 01 15:39:00 GMT 2026
म्यानचेस्टर सिटीले चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेजलाई १२५ मिलियन पाउण्डमा अनुबन्ध गर्ने सहमति गरेको छ। यो बेलायती फुटबल इतिहासकै सबैभन्दा बढी सरुवा रकमको बराबरी हो।
गत वर्ष लिभरपुलले अलेक्जेन्डर इसाकका लागि १२५ मिलियन पाउण्ड तिरेर कीर्तिमान बनाएको थियो। एन्जो फर्नान्डेज यसअघि सन् २०२३ मा बेनफिकाबाट १०७ मिलियन पाउण्डमा चेल्सी आएका थिए।
Read full story at source (setopati.com)