सेयर बजारमा आज पनि गिरावट,कारोबार रकम पनि घट्यो
annapurnapost.com · Wed Aug 19 09:37:57 GMT 2026

काठमाडौं : सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा अडिएको छ। यसअघि मंगलबार नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेको हो। नेप्से घटेसँगै कारोबार रकम मंगलबारको तुलनामा गिरावट आएको छ।
मंगलबार ५ अर्ब ७ करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब २९ करोडको कारोबार भयो।यसदिन ३४६ वटा स्क्रिप्सको ९५ लाख ८ हजार ८८२ कित्ता सेयर ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँमा कारोबार भयो।
Read full story at source (annapurnapost.com)