सरकारी कार्यालयमा बालेनको ‘एक्सन’, ११ हजार कर्मचारी कारबाहीमा
kendrabindu.com · Wed Aug 19 10:03:30 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वमा सरकार बनेपछि सरकारी कार्यालयमा अनुशासन उल्लंघन गर्ने ११ हजारभन्दा बढी कर्मचारी कारबाहीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा पाँच महिनामा ११ हजार ४ जना कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
केन्द्रले गत चैतदेखि साउनसम्म ९२४ वटा सरकारी कार्यालयको अनुगमन गरेको थियो। अघिल्लो अवधिको तुलनामा अनुगमन गरिएका कार्यालयको संख्या झन्डै तीन गुणाले बढाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
Read full story at source (kendrabindu.com)