ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी, मेलानियाको पनि करोडौँको आम्दानी
nepalviews.com · Wed Jul 01 03:16:03 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) को व्यापार र रोयल्टीबाट मात्रै १ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेका छन्। राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेको सन् २०२५ को अनिवार्य वित्तीय प्रतिवेदनअनुसार यो तथ्य बाहिर आएको हो।
९२७ पाना लामो विस्तृत वित्तीय विवरणअनुसार ट्रम्पले दुईवटा मुख्य क्रिप्टो परियोजनाबाट भारी मुनाफा आर्जन गरेका हुन्। रोचक कुरा के छ भने, कुनै समय क्रिप्टोकरेन्सीको कडा आलोचना गर्दै बिटकोइनलाई ‘ठगी’ र ‘आउन लागेको विनाश’ को संज्ञा दिने ट्रम्प अहिले आफैँ यसैका मुख्य खेलाडी बनेका छन्।
Read full story at source (nepalviews.com)