युएईले इरानसँग कारोबार रोक्यो
barnanmedia.com · Wed Aug 19 10:15:35 GMT 2026

संयुक्त अरब इमिरेट्स (युएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाएपछि तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को सूचना नभएसम्मका लागि रोक्ने घोषणा गरेको छ । पछिल्ला केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको युएईमा पुनः सुरक्षा तनाव बढेपछि अबु धाबीले इरानविरुद्ध यस्तो कडा कदम चालेको हो ।
युएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको सबै व्यापार, व्यापारिक आदानप्रदान तथा वित्तीय कारोबार स्थगित गरिएको बताउनुभयो । अबु धाबीले पछिल्ला केही सातामा इरानले समुद्रमा आफ्ना ट्याङ्करहरूलाई पटक–पटक निशाना बनाएको आरोप लगाउँदै आएको छ ।
Read full story at source (barnanmedia.com)