युक्रेनमा युद्धकालीन चुनावको माग
barnanmedia.com · Wed Aug 19 10:08:19 GMT 2026

रुससँग युद्ध जारी रहेका बेला युक्रेनमा शासन प्रणाली नै सङ्कटमा परेको भन्दै अपदस्थ रक्षामन्त्री मिखाइलो फेडोरोभले युद्धकालमै चुनाव गराउन आह्वान गर्नुभएको छ । हालसम्म राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका निकट सहयोगीमध्ये एक मानिनुभएका फेडोरोभको यो सार्वजनिक आह्वान युद्ध सुरु भएपछि जेलेन्स्की सरकारसामु देखिएको महत्त्वपूर्ण आन्तरिक चुनौतीका रूपमा आएको छ ।
फेडोरोभले जुलाईमा रक्षामन्त्रीको पद गुमाउनुभएको थियो । उहाँले युट्युबमा सार्वजनिक गर्नुभएको भिडियो सन्देशमार्फत लामो युद्धका बीच पनि युक्रेनमा लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्न कानूनी, सुरक्षित र व्यावहारिक उपाय खोज्नुपर्ने बताउनुभएको छ ।
Read full story at source (barnanmedia.com)