अल्लु अर्जुनको राकामा भिलेन बन्दैछन् विल स्मिथ ?
ratopati.com · Wed Aug 19 10:26:02 GMT 2026

नयाँ दिल्ली । तमिल फिल्म निर्देशक एटलीको निर्देशनमा बन्न लागेको अल्लु अर्जुन र दीपिका पादुकोणको शीर्ष भूमिका रहने राकामा हलिउड अभिनेताको इन्ट्री भएको छ । यो साइन्स फिक्शन फिल्ममा हलिउड स्टार विल स्मिथलाई साइन गरिएको खबर आइरहेको छ ।
फिल्मको अर्को शेड्युलको शुटिङमा विल स्मिथले आफ्नो भूमिकाको सुटिङ सुरु गर्ने बताइएको छ । ओस्कर विजेता विल स्मिथसँग यस फिल्मका लागि निर्माण पक्षले २०२५ मै वार्ता गरेका थिए । एक वर्षको छलफलपछि, स्मिथ अन्ततः फिल्मको छायाङ्कन सुरु गर्न तयार रहेको बताइएको छ । विलको पार्ट भने विदेशमा छायाङ्कन हुने बताइएको छ ।
Read full story at source (ratopati.com)