मध्यपूर्वमा तनाव बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी इजिप्ट भ्रमणमा
ratopati.com · Tue Sep 01 16:46:03 GMT 2026

काठमाडौँ । इरानमाथि अमेरिकी आर्थिक दबाब बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङ मङ्गलबार इजिप्टको राजकीय भ्रमणमा पुगेका छन् । एक दशकपछि भएको उनको इजिप्ट भ्रमणले चीन–इजिप्ट सम्बन्ध विस्तारसँगै मध्यपूर्वका क्षेत्रीय विषयमा बेइजिङको बढ्दो चासोलाई उजागर गरेको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले मङ्गलबार कायरोमा सीलाई स्वागत गर्नुभएको छ । इजिप्टको राष्ट्रपतीय कार्यालयका अनुसार भ्रमणका क्रममा दुई देशबीच राजनीतिक, आर्थिक तथा विकाससम्बन्धी सहकार्य सुदृढ गर्ने तथा सन् २०१४मा भएको व्यापक रणनीतिक साझेदारी सम्झौताको कार्यान्वयनबारे छलफल हुनेछ । क्षेत्रीय तथा अन्तरराष्ट्रिय चासोका विषयमा दुई नेताबिच विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ ।
Read full story at source (ratopati.com)