बाढी छिरेपछि धोबीघाट ढल प्रशोधन केन्द्रको काम रोकियो
ratopati.com · Tue Sep 01 16:48:43 GMT 2026

काठमाडौँ । बागमती र विष्णुमती नदीमा आएको बाढीका कारण काठमाडौँको धोबीघाट ढल प्रशोधन केन्द्रको ढल प्रशोधनको काम रोकिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)का अनुसार सोमबार राति आएको बाढीले प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा थुपारेपछि ढल प्रशोधन कार्य प्रभावित भएको हो ।
परीक्षणका क्रममा रहेको प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुङ्गा र बालुवा पसेपछि सञ्चालनमा समस्या आएको पिआईडीका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । यसअघि पनि बाढीका कारण केन्द्रमा ढल प्रशोधन कार्य अवरुद्ध भएको थियो । बन्द भएको केन्द्र पीआईडीले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको उनले बताए ।
Read full story at source (ratopati.com)