राजनीतिक दूरीबीच भारत-बङ्गलादेश आर्थिक सहकार्य विस्तारमा निजी क्षेत्रको जोड
aarthiknews.com

काठमाडौं । भारत र बङ्गलादेशबीच राजनीतिक तथा कूटनीतिक दूरी बढिरहेका बेला दुई देशका निजी क्षेत्रले आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रयास थालेका छन्। व्यापार र लगानीलाई द्विपक्षीय सम्बन्धको आधार बनाउँदै उत्पादन, पूर्वाधार र प्रविधिमा सहकार्य विस्तार गर्ने विषयमा दुवै देशका व्यवसायी सक्रिय भएका छन्।
भारतीय उद्योग परिसंघ (सीआईआई) को प्रतिनिधिमण्डलले हालै बङ्गलादेश भ्रमण गरी त्यहाँका सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिसँग व्यापार र लगानी विस्तारबारे छलफल गरेको छ। भारतीय व्यवसायीहरूले बङ्गलादेशमा थप लगानीका सम्भावना खोज्ने र दुई देशबीच व्यापारिक सम्बन्धलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
Read full story at source (aarthiknews.com)