एक वर्षमा १४ करोडको जडीबुटी निर्यात
canadanepal.com · Wed Aug 19 10:33:45 GMT 2026
झापा - काँकडभिट्टा नाका हुँदै एक वर्षमा १४ करोड ६ लाख ८३ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ । भारत र बङ्गलादेशतर्फ १२ प्रकारका कुल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात गरिएको हो ।
पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यातबाट दुई करोड ६६ लाख ६४ हजार रुपैयाँ आम्दानी भएको छ । यस्तै, बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा छ करोड ५६ लाख ३५ हजार रुपैयाँ प्राप्त भएको छ ।
Read full story at source (canadanepal.com)