कोशी कटानको जोखिममा परेका परिवारलाई स्थानान्तरण
nepalnews.com · Wed Aug 19 10:46:02 GMT 2026

सुनसरी। सप्तकोशी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सप्तकोशी नदीले निरन्तर कटान गर्न थालेपछि अति जोखिममा परेका उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्थासहित स्थानान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए।
श्रीलङ्का टापुुको चिलिया र गरैयालगायतका क्षेत्रमा सप्तकोशी नदीले तीव्र कटान गरिरहेको छ। कटान नियन्त्रणका लागि बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकासँगै स्थानीयवासीको समन्वयमा अस्थायी तटबन्ध निर्माण भइरहेको नगरप्रमुख कार्कीले बताए।
Read full story at source (nepalnews.com)