एक वर्षमा चौध करोडको जडीबुटी निर्यात
reportersnepal.com · Wed Aug 19 10:52:18 GMT 2026

झापा, ३ भदौ । एक वर्षमा रु १४ करोड छ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो ।
भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई रु दुई करोड ६६ लाख ६४ हजार र बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा रु छ करोड ५६ लाख ३५ हजार आम्दानी भएको पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले बताए ।
Read full story at source (reportersnepal.com)