कोकेन सेवनमा पोजेटिभ देखिएपछि निक किर्गियोस निलम्बित
ratopati.com · Wed Aug 19 11:06:42 GMT 2026
काठमाडौँ । अस्ट्रेलियाका चर्चित टेनिस खेलाडी निक किर्गियोस कोकेन सेवनमा पोजेटिभ देखिएपछि अस्थायी रूपमा निलम्बित भएका छन् । अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सी (आईटीआईए) ले बुधबार ३१ वर्षीय किर्गियोसमाथि अस्थायी निलम्बनको घोषणा गरेको हो ।
किर्गियोसको जुनमा स्पेनको मालोर्कामा भएको एटीपी २५० प्रतियोगिताका क्रममा डोपिङ परीक्षण गरिएको थियो । परीक्षणमा कोकेनको मेटाबोलाइट ‘बेन्जोयलेक्गोनिन’ भेटिएको थियो । विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) को प्रयोगशालाले जुलाई १७ मा प्रतिबन्धित पदार्थको उपस्थिति पुष्टि गरेपछि उनलाई अगस्ट ४ देखि अस्थायी रूपमा निलम्बन गरिएको आईटीआईएले जनाएको छ ।
Read full story at source (ratopati.com)