गुल्मीमा बँदेल धपाउन राखेको करेन्ट लागेर महिलाको मृत्यु
nepalnews.com · Wed Jul 01 03:26:18 GMT 2026

गुल्मी । गुल्मीमा जंगली बँदेल धपाउन राखेको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–५ मन्टारीकी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।
बँदेलले मकै खाएर दुःख दिएपछि मंगलबार साँझ हुमकलाका श्रीमान ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए । सोही करेन्टमा परेर हुमकला गम्भीर घाइते भएकी थिइन्।
Read full story at source (nepalnews.com)