मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई
ratopati.com · Tue Sep 01 16:50:28 GMT 2026

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५ हजार भेटी सङ्कलन भएको रकम भोटेकोशी बाढीपीडितलाई सहयोग गरेको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि मन्दिरको भेटीबापत सङ्कलित रकमबाट सहयोग गर्ने निर्णय गरेको समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।
बाढीपीडितको उद्धार र राहतमा मन्दिरमा सङ्कलन भएको भेटीको रकमबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सहयोग गर्ने निर्णयअनुसार कोषमा रकम जम्मा गरिने उनले बताए । कालिका भगवती मन्दिर गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठमध्येको प्रमुख हो । मन्दिरमा वार्षिक रूपमा १० लाख भक्तजन आउने र करोडौँ भेटी सङ्कलन हुँदै आएको छ । विसं १५९१ मा स्थापना भएको यो मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ ।
Read full story at source (ratopati.com)