अनधिकृत रूपमा काटेको डेटा शुल्क ग्राहकलाई फिर्ता गर्न एनसेललाई निर्देशन, मागियो स्पष्टीकरण
techpana.com · Wed Aug 19 11:36:27 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा प्रयोग नगर्दा वा अफ गरेर राख्दा समेत ग्राहकको मेन ब्यालेन्सबाट रकम काटिएको विषयमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई निर्देशन दिएको छ । साउन २०८३ मा बसेको प्राधिकरणको बैठकले ग्राहकको ब्यालेन्सबाट 'पे एज यू गो' (PAYG) शीर्षकमा भइरहेको स्वचालित रकम तत्काल रोक्न र प्रभावित ग्राहकलाई क्षतिपूर्ति दिन निर्देशन दिएको हो ।
टेकपानाले यस विषयमा समाचार प्रकाशन गरेपश्चात् प्राधिकरणले आवश्यक कारबाहीका लागि सक्रियता देखाएको थियो । टेकपानाले आफ्नो अनुसन्धानबाट एनसेलले डेटा अफ भएको र शून्य एमबी डेटा खपत भएको अवस्थामा समेत ग्राहकको ब्यालेन्सबाट रकम काटिरहेको तथ्य उजागर गरेको थियो ।
Read full story at source (techpana.com)