विवाहको उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाको जोड
bishowkhabar.com · Wed Aug 19 12:02:10 GMT 2026

काठमाडौं– विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाले जोड दिएका छन् । बालविवाह अन्त्यका लागि विवाहको न्यूनतम उमेर घटाउनुको सट्टा विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनीहरूको धारणा छ ।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले काठमाडौंमा आयोजना गरेको दुई दिने बालअधिकार सिकाइ सम्मेलनको दोस्रो दिन आयोजित बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय संवादमा सहभागीहरूले विवाहको उमेर घटाउन नहुने बताएका हुन् ।
Read full story at source (bishowkhabar.com)